नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २८–तेश्रो बृहत खोटाङ हलेसी खेलकुद साहित्यिक तथा पर्यटन महोत्सव हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठानको आयोजना तथा नेपाल कराते महासंघ खोटाङको व्यवस्थापनमा आगामी जेठ ३ देखि ९ गतेसम्म दिक्तेलमा उक्त महोत्सव हुने भएको हो ।
महोत्वमा एथ्लेटिक्स, बुद्धिचाल र खुला राष्ट्रिय साहित्य महोत्सव गरिने चैत २८ गते दिक्तेलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । एथलेटिक्समा ११ स्वर्ण, ११ रजत, ११ कास्य, बुद्धिचालमा ४ स्वर्ण, ४ रजत र २ कास्य पदकका लागि प्रतियोगिता हुने आयोजकले जनाएको छ । यस अन्तरगत १० वर्षमुनिको छात्र–छात्रा एक माइल दौड, १२ वर्षमुनिको छात्र छात्रा ३ किलोमिटर दौड, १२ देखि १५ वर्षमुनिको छात्र छात्रा ७ किलोमिटर दौड, १५ वर्षमाथिको खुला पुरुष महिला १० किलोमिटर दौड, आमाहरूको ५ किलोमिटर दौड, ३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको ७ किलोमिटर दौड, ५५ वर्षमाथिको पुरुष २ किलोमिटर दौड प्रतियोगिता हुने भएको छ ।
त्यस्तै खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, खुला राष्ट्रिय साहित्य महोत्सव लगायत आयोजना गरिने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सन्जयकुमार राईले बताएका छन् । उनका अनुसार १० वर्षमुनिको छात्र–छात्रा एक माइल दौडमा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीलाई क्रमशः ३ हजार, २ हजार र १ हजार, १२ वर्षमुनिको छात्र छात्रा ३ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी १२ देखि १५ वर्षमुनिको छात्र छात्रा ७ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः ७ हजार ५ सय, ६ हजार ५ सय र ५ हजार ५ सय, १५ वर्षमाथिको खुला महिला पुरुष १० किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार, आमाहरूको ५ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीलाई क्रमशः ५ हजार ५ सय ५५, ४ हजार ४ सय ४४ र ३ हजार ३ सय ३३ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । ३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको ७ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार तथा ५५ वर्षमाथिको पुरुष २ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः ५ हजार ५ सय, ३ हजार ५ सय, २ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
बुद्धिचाल अन्तरगत प्रथमदेखि ५ औसम्म क्रमशः २५ हजार, १५ हजार, १० हजार, ८ हजार, ७ हजार तथा छैटौदेखि १० औंसम्मलाई ५ हजार रूपैयाँका दरले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै बुद्धिचाल अन्तरगत खोटाङ प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार, नगरपालिका बेष्ट हुनेलाई ३ हजार, नगरपालिका द्वितीयलाई २ हजार, कोशी प्रदेश बेष्टलाई ४ हजार, कोशी प्रदेश द्वितीयलाई ३ हजार, बेष्ट महिलालाई ५ हजार, बेष्ट भेट्रान्सलाई ४ हजार, बेष्ट अन्रेटेटलाई ४ हजार, बेष्ट अण्डर १६ लाई ३ हजार, बेष्ट अन्डर १४ लाई ३ हजार, बेष्ट रेटिङ बिलो १८०० लाई ३ हजार, बेष्ट रेटिङ बिलो १६०० लाई २ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल खेलकुद प्रतिष्ठानका सचिव मिलन कसजुले बताएका छन् ।
यसमध्ये एथ्लेटिक्स अन्तरगतका खेलहरू जेठ ३ गते, बुद्धिचाल जेठ ६ गते र खुला राष्ट्रिय साहित्य महोत्सव जेठ ९ गते हुने आयोजकले जनाएको छ । साहित्य महोत्सवमा साहित्य क्षेत्रमा ख्याति कमाएका राष्ट्रियस्तरका साहित्यकारहरू सहभागी हुने छन् । महोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५ जनालाई सम्मान गरिने समेत आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १–बस र अटो... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–बाँदरको �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २८–तेश्रो ब�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित