हावाहुरीले घरको छाना उडाएर बिचल्लीमा परेकाहरूलाई जस्तापाता वितरण (भिडिओ सहित)

  • प्रकाशित मितिः चैत २२, २०८२
  • 123 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २२–हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीले घरको छाना उडाएर बिचल्लीमा परेका ९४ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । गत चैत २ गतेको हावाहुरीले छाना उडाएर बिचल्लीमा परेकाको घर पुननिर्माणका लागि चैत २१ गते जस्तापाता वितरण गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार वडा नं–१ बाहुनीडाडाँका ११ घरधुरीलाई ४१.१ बण्डल, २ डिकुवाका १० घरधुरीलाई ३८.२ बण्डल, ३ च्यास्मिटारका ३२ घरधुरीलाई १२५.२ बण्डल, ४ बडहरेका ४ घरधुरीलाई १६.४९ बण्डल, ५ दुर्छिमका २ घरधुरीलाई ६ बण्डल, ६ मङ्गलटारका ३ घरधुरीलाई ११.६, बण्डल, ७ हलेसीमहादेवस्थानका १२ घरधरीलाई ४४ बण्डल, ८ धितुङका १० घरधुरीलाई ३३.९ बण्डल र ११ राजापानीका १० घरधुरीलाई ४२.४ बण्डल गरी ३५८.८९ बण्डल जस्तापाता वितरण गरिएको हो ।
गिरीका अनुसार हावाहुरीपछि नगर कार्यपालिका र विपत व्यवस्थापन समितिको बैठकको निर्णय र त्यसपछि चैत ९ गतेको हिउदे अधिवेशनले आवश्यक बजेटको व्यवस्था गरी छाना उडाएकाहरूलाई जस्तापाता वितरण गरिएको हो । प्राविधिकको रिपोर्टको आधारमा कुन घरलाई कति जस्तापाता लाग्छ भन्ने स्टिमेडको आधारमा छाना वितरण गरिएको गिरीले सुनाएका छन् । त्यस्तै उक्त नगरपालिकामा हावाहुरीले छाना उडाएका ७ विद्यालयलाई पनि जस्तापाता दिने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
छाना उडाएका विद्यालयका लागि भने प्रदेश सरकारले समेत जस्तापाताको व्यवस्था गर्ने आश्वासन दिएकाले त्यसको पर्खाइमा बसेको गिरीले बताए । प्रदेशले जस्तापाता उपलब्ध नगराए नगरपालिका आफैंले व्यवस्था गर्ने गिरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित