सरकारी सञ्चार माध्यमलाई मात्रै सूचना दिने सरकारको परिपत्र विरुद्ध एक रूपैयाँ सहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

  • प्रकाशित मितिः चैत २०, २०८२
  • 186 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, चैत २०–सरकारले सरकारी सञ्चारमाध्यमलाई मात्र सरकारी सूचना दिने परिपत्र गरेको विरोधमा नेपाल पत्रकार महासंघ खोटाङ शाखाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । सरकारी सञ्चार माध्यमलाई मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने भनि मातहतका निकायलाई गरेको पत्राचारप्रति आपत्ति जनाउदै प्रमुख जिल्ला अधिकारी रेखा कँडेल मार्फत चैत २० गते प्रधानमन्त्रीलाई एक रूपैयाँ नगद सहित ध्यानाकर्षण पत्र पठाएको हो ।
सूचना पाउने संविधानमा उल्लेखित मौलिक हकलाई कुण्ठित गर्दै सरकारले स्वतन्त्र मिडियालाई बन्द गरी हजारौं सञ्चारकर्मीलाई बेरोजगारी बनाउने लगायतका उद्देश्यले गरिएको हर्कत तत्काल सच्याउनु पर्ने माग राख्दै सरकार चलाउने खर्च वापत प्रतिकात्मक रूपमा १ रूपैयाँ सहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाइएको नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले बताए । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट गत चैत १८ गते संघीय मन्त्रालय, प्रदेश तथा स्थानीय तहहरूलाई परिपत्र जारी गरी सरकारी सञ्चार माध्यमलाई मात्र सूचना प्रकाशन प्रसारण गर्न दिने निर्देशन गरेकाले यसको विरुद्ध आन्दोलन गर्नु परेको आचार्यले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित