दिक्तेलमा बाँदर पीडित किसानको प्रदर्शन (भिडिओ सहित)

  • प्रकाशित मितिः चैत १६, २०८२
  • 262 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १६–दिक्तेलमा बाँदर पीडित किसानहरूले चैत १६ गते प्रदर्शन गरेका छन् । बाँदरले कृषिजन्य वस्तुमा क्षति पु¥याएकाले त्यसको समाधान गर्न माग गर्दै कृषि औजार–उपकरण सहित प्रदर्शन गरेका हुन् ।
दिक्तेलको हुलाकडाडाँस्थित जेष्ठ नागरिकको कार्यालयबाट हलो, जुवा, दाँते, कोदालो लगायतका कृषि औजार–उपकरण सहित सुरु भएको जुलुसले दिक्तेलको हाटडाडाँ त्यसपछि फर्किएर प्रमुख जिल्ला अधिकारी रेखा कँडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । भूगोलको आधारमा उत्पादन हुने फलफूल, तरकारी, खाद्यान्न लगायतका बाली–नाली नष्ट गरी खेतीयोग्य जमिन बाँझै रहनुका साथै बसाइँ सर्नु पर्ने वाध्यता आइपरेकाले यसको रोकथाम गर्नु पर्ने माग राख्दै दिक्तेलमा प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको उक्त प्रदर्शनका अगुवा दुर्गाप्रसाद घिमिरेले बताएका छन् ।
यसका साथै राज्यबाट कृषि क्षेत्रमा गरिएका लगानी, सिंचाइ, कृषिअनुदान, औजार–उपकरण, औषधी, श्रम समेत खेर जाने भएकाले किसानको बाँच्न पाउने अधिकार नव गठित सरकारको बाचापत्रमा उल्लेख भएकाले त्यसको कार्यान्वयनका लागि ध्यानाकर्षण गराइएको घिमिरेले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित