ओली र लेखकको रिहाइको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र (भिडिओ सहित)

  • प्रकाशित मितिः चैत १५, २०८२
  • 182 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १५–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै एमाले खोटाङले जिल्ला प्रशासन कार्यालय खोटाङ मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै चैत १५ गते खोटाङकी निमित्त प्रमुख जिल्ला अधिकारी कोपिला राईमार्फत ज्ञापनपत्र बुझाएको हो ।
एमाले खोटाङका अध्यक्ष देवविक्रम राईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारले विवादास्पद, एकपक्षीय र दिसाहीन कार्की आयोगको प्रतिवेदनलाइ आधार बनाएर न्युनतम कानुनी प्रबन्ध समेत ख्याल नगरी ओली र लेखकलाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको उल्लेख गर्दै तत्कालन रिहाइ गर्न माग गरिएको छ । ज्ञापनपत्रमा कार्की आयोगको प्रतिवेदन खारेज गर्दै भदौ २३ र २४ को घटनाको निष्पक्ष छानविन गर्न पुःन सर्वोच्च अदालतको बहालवाला न्यायधिसको नेतृत्वमा आयोग गठन गरी दोषीमाथि पूर्वाग्रह र प्रतिशोध नगरी कारबाही बढाउन समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित