रेस्मिका हत्या प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

  • प्रकाशित मितिः चैत ११, २०८२
  • 93 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ११–दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेस्मिका हत्या प्रकरणमा संलग्न दोषी पत्ता लगाई कारबाहीको माग गर्दै सरोकारवाला पक्षले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । गत भदौ ३० गते उक्त पालिकाकै पञ्चमीबाट घर फर्कने क्रममा स्थानीय मार्से सामुदायिक वनको ह्याकुलेको रमितेमा सामुहिक बलात्कारपछि हत्या गरिएको भन्दै त्यसमा संलग्नलाई पक्राउ गरी कारबाही गर्नु पर्ने माग राख्दैे चैत ११ गते जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत शम्शेरबहादुर राईसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
दलित महिला अभियान नेपाल काठमाडौंकी कोषाध्यक्ष सरस्वती रामदाम र संयुक्त दलित संघर्ष समिति खोटाङका अध्यक्ष दिपक ठटालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हत्यामा संलग्नलाई पहिचान गरी कानुन बमोजिम सजाय दिनु पर्ने, घटनामा संलग्न व्यक्ति खुलेआम रूपमा गाउँघरमा हिडिरहेकाले पीडित परिवारले असुरक्षित महसुस गरेकाले शान्ति सुरक्षाको व्यवस्था गर्नु पर्ने, घटनाको निष्पक्ष र सूक्ष्म अनुसन्धानका लागि उच्चस्तरीय छानविन टोलीको व्यवस्था गरी सत्यतथ्य सार्वजनिक गर्नु पर्ने र पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने लगायतको माग गरिएको छ ।
उक्त घटनामा संलग्न १७ वर्षीय एक किशोर भने पक्राउ परिसकेका छन् । पीडित पक्षहरूले भने एक जनाले मात्र त्यस्तो घटना घटाउन नसक्ने भन्दै उक्त घटनामा अन्य पनि संलग्न भएको दाबी गर्दै आएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित