नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ९–जिल्लामा अभिव्यक्ति स्वतन्त्रता जिल्ला स्तरीय सञ्जाल गठन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग खोटाङको कार्यालयमा चैत ९ गते भएको कार्यक्रममा उक्त सञ्जाल गठन गरिएको हो ।
राष्ट्रिय मानवअधिकार आयोग खोटाङका निमित्त प्रमुख मोहन काफ्लेको संयोजकत्वमा उक्त सञ्जाल गठन भएको हो । सञ्जालको सदस्यहरूमा नेपाल बार एशोसियसन खोटाङका अध्यक्ष कुलप्रसाद फुयाल, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिबोल आचार्य, नेपाल मानवअधिकार संगठन १ नम्बर प्रदेश संयोजक हिरा निरौला, नेपाल पत्रकार महासंघ खोटाङकी उपाध्यक्ष सविना अछामे, गैरसरकारी संस्था महासंघ खोटाङकी उपाध्यक्ष लोकमायाँ थापा गीता र पत्रकार मिनाक्षी राई छन् । उक्त सञ्जालले मानवअधिकारसंग सम्वन्धित अधिकारहरूलाई सुनिश्चित गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता जिल्ला स्तरीय सञ्जाल गठन गरिएको नेपाल बार एशोसियसन खोटाङका अध्यक्ष कुलप्रसाद फुयालले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित