नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असार ६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित बैंक चौक धुम्रपान निषेधित तथा फ्रि वाइफाइ टोल घोषणा गरिएको छ । सभ्य समाजको पहिचान दिन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले धुम्रपान निषेधित तथा फ्रि वाइफाइ टोल असार ६ गते घोषणा गरेका हुन् । यो अवसरमा बैंकचौक–पोखरीस्कल सिडी निर्माण सम्पन्नपछि उद्घाटन र त्यसको सार्वजनिक सुनुवाइ समेत गरिएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत दश लाख रुपैया“को लागतमा सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा प्रमुख अतिथि भट्टराईले दिक्तेलबजारको भविष्यका लागि भौतिक विकासले तिब्रता पाएको बताए । यसका लागि आफूले निरन्तर पहल गरिरहेको समेत सुनाए । यसले गुल्जार दिक्तेलबजार बन्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रमको अवसरमै वक्ताहरुले नव निर्मित सिडी गुणस्तर भएको प्रसंशा गरे । उक्त कार्यक्रम बैंक चौक टोल पूर्वाधार विकास तथा व्यवसाय प्रबद्र्धन समितिले आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित