नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २५—प्रतिनिधिसभा सदस्यको चुनावमा खोटाङमा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो भएको छ । फागुन २५ गते विहान सम्पन्न मत गणना अनुसार उक्त पार्टीले १८ हजार १ सय ३७ मत ल्याएर प्रथम भएको हो ।
नेकपा एमालेले ११ हजार ३ सय ८५ मत ल्याएर दोश्रो भएको छ । कांग्रेसले १० हजार ७ सय ५ मत ल्याएर तेश्रो भएको छ । राष्टिय स्वतन्त्र पार्टीले ८ हजार ८ सय ७९ ल्याएर तेश्रो भएको छ भने ७ हजार २ सय ७४ मत ल्याएर नेपाली कम्युनिष्ट पार्टी पाँचौं भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरले बताएका छन् ।
प्रत्यक्षतर्फ श्रम संस्कृति पार्टीका आरेन राईले १६ हजार ६सय १२ मत ल्याएर जितका थिए । एमालेका देवबिक्रम राईले १२ हजार ७ सय १४, कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७, नेपाली कम्युनिष्ट पार्टीका हरि रोकाले ९ हजार ४ सय ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७ सय ४ मत ल्याएका थिए । खोटाङमा दुई स्वतन्त्र सहित १५ जना उम्मेद्वार चुनावमा सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २६-नेपाल प्रे�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २३–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २१–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित