रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माविलाई

  • प्रकाशित मितिः माघ २६, २०८२
  • 295 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २५–साकेला गाउँपालिकामा सम्पन्न ८ औंँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाले चुमेको छ । माघ २४ गते सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, सात रजत र चार कास्य पदकसहित उक्त पालिका–१ बाँझेच्यानडाडाँस्थित राधाकृष्ण माविले उपाधि चुमेको हो ।
प्रतियोगितामा सात स्वर्ण, तीन रजत र छ कास्य पदकसहित साकेला माध्यमिक विद्यालय रतन्छा दोश्रो, ५ स्वर्ण, ६ रजत र ५ कास्य पदकसहित बालबालिका माध्यमिक विद्यालय नौलाखर्क तेश्रो भएको छ । २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ७ कास्य पदकसहित विद्योदय माध्यमिक विद्यालय खिदिमा चौथो, एक स्वर्ण, एक रजत र एक कास्य पदहसहित सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ता पाँचौँ तथा तीन रजत र दुई कास्य पदकसहित चण्डेश्वरी माध्यमिक विद्यालय डाँडागाउँ छैटौँ भएको छ ।
प्रतियोगिता अन्तरगत भलिबल, हाइजम्प, लङजम्प, सर्टफुट, दौड, ज्याबलिन थ्रो र ट्रिपलजम्प समावेश गरिएको थियो । गाउँपालिका ३ लाख र वडा कार्यालय बाँझेच्यानडाडाँको एक लाख बजेटमा उक्त प्रतियोगिता आयोजना गरिएको शिक्षा संयोजक कविराज राईले बताएका छन् ।
प्रतियोगिताका पुरस्कृत विद्यालय तथा उपाधि जिताउने विद्यार्थीलाई गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, वडाध्यक्ष हेमन राई लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित