नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २५–जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा बिहेको भोज खादा करिब एक सय बढी बिरामी परेका छन् । गत माघ २१ गते विहेको भोज खादा २२ गतेदेखि विरामी परेका हुन् ।
स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलका अनुसार फुटपोइजनका कारण उनीहरू विरामी परेका हुन् । उनीहरूलाई माघ २४ गतेसम्म विभिन्न तीन ठाउँमा राखेर उपचार गरिएको र विरामी घट्न थालेपछि माघ २५ गते विहानैदेखि उक्त वडाको निगालबास भन्ज्याङमा राखेर उपचार गरिरहेको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताएका छन् । ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको छ । उनीहरूलाई भोज खाएको १२ घण्टापछि उक्त लक्षण देखिएको हो । बेहुला–बेहुली सहित विरामी परेका हुन् ।
विरामीको उपचारमा गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली खटिएका छन् । बिरामीको संख्या बढेपछि स्वास्थ्य कार्यालयको जनशक्ति बोलाएर उपचार भइरहेको खड्काले सुनाए । उक्त विहेको भोज खाएका स्थानीय सहित उदयपुर, काठमाडौं लगायतका पाहुना समेत बिरामी परेको खड्काले जुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, चैत २४–‘पैतालाभरि आलै छ म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २३–जिल्लाम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २२–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–पूर्वाध�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित