प्रभुराम राई पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस् क्लवलाई

  • प्रकाशित मितिः माघ १२, २०८२
  • 407 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ११–बुइपास्थित यलम्बर रङ्गशालामा माघ ११ गते सम्पन्न प्रभुराम राई पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस् क्लवले चुमेको छ । गछिया युवा समाज मोरङलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि चुमेको हो ।
विजेता नेर्पा स्पोर्टस् क्लवले तीन लाख नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेताले गछिया युवा समाज मोरङले एक लाख ५१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ । सेमिफाइनलिष्ट बुइपा ११ स्पोर्टस् क्लव र खाराम्बु स्पोर्टस् क्लवले ५०–५० हजार नगद पाएको म्याच कमिस्नर तथा जिल्ला फुटबल संघ खोटाङका प्रवक्ता सनम राईले बताएका छन् ।
विधागत पुरस्कार अन्तरगत उत्कृष्ट खेलाडी नेर्पा स्पोर्टस् क्लकका शलीन ढकाल घोषित भएका छन् । उनले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र पाएका छन् । खेलको बेष्ट कोच नेर्पा स्पोर्टस् क्लवकै डिगेन्द्र गुरुङ, बेष्ट गोल्ड किपर नेर्पा स्पोर्टस क्लवकै रोहन परियार, बेष्ट मिड फिल्डर गछिया युवा समाजका योहना लिम्बु, बेष्ट डिफेण्डर बुइपा ११ स्पोर्टस् क्लवका रामशुर राई, बेस्ट फर्वार्ड गछिया युवा समाजका रोहन गुरुङ, राइजिङ प्लेयर बुइपा ११ युवा क्वलवका एलन राई, हाइस्कोररमा नेर्पा स्पोर्टस् क्लवका बिकी चाम्लिङ र गछिया युवा समाजका मिक्सन दास घोषित भएका छन् । उनीहरूले जनही १५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाएको राईले सुनाएका छन् । उक्त खेल माघ ७ गते सुरु भएको थियो । खेलको उद्घाटन एन्फा महासचिव किरण राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित