नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १०–बुइपास्थित यलम्बर रङ्गशालामा जारी प्रभुराम राई पुरुष फुटबल प्रतियोगिताको फाइनलमा नेर्पा स्पोर्टस् क्लव र गछिया युवा समाज मोरङ प्रवेश गरेको छ । माघ १० गते भएको खेलमा बुइपा ११ स्पोर्टस् क्लवलाई ट्राइब्रेकरमा ४–३ ले हराउदै नेर्पा स्पोर्टस् क्लव र खाराम्बु स्पोर्टस् क्लव खामीलाई ४–२ ले पराजित गर्दै गछिया युवा समाज फाइनलमा प्रवेश गरेको हो ।
उक्त प्रतियोगितामा बुइपा ११ स्पोर्टस् क्लव र खाराम्बु स्पोर्टस् क्लव सेमिफानलिष्ट घोषित भएका छन् । बुइपा ११ स्पोर्टस् क्लव र नेर्पा स्पोर्टस् क्लव बीच माघ १० गते भएको खेलमा नेर्पा स्पोर्टस् क्लवका रोहन परियार र गछिया युवा समाज र खारामु स्पोर्टस् क्लव बीच भएको खेलमा गछियाका रोहन गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् । उनीहरूले जनही दुई हजार पाँच सय नगद सहित मेडल र प्रमाणपत्र पाएका छन् ।
उक्त प्रतियोगिताको फाइनल खेल माघ ११ गते दिउसो १ बजे हुने उक्त प्रतियोगिताका म्याच कमिस्नर तथा जिल्ला फुटबल संघ खोटाङका प्रवक्ता सनम राईले बताएका छन् । उक्त खेलका विजेताले तीन लाख नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले एक लाख ५१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र तथा सेमिफाइनलिष्ट दुई टिमले ५०–५० हजार नगद पाउने जिल्ला फुटबल संघ खोटाङका कोषाध्यक्ष रोसन राईले जनाएका छन् ।
विधागत पुरस्कार अन्तरगत उत्कृष्ट खेलाडीले ३० हजार सहित मेडल र प्रमाणपत्र पाउने छ । खेलको बेष्ट कोच, बेष्ट गोल्ड किपर, बेष्ट मिड फिल्डर, बेष्ट डिफेण्डर, बेस्ट स्ट्राइकरले जनही १५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने छन् । म्यानफद म्याचले दुई हजार ५ सय सहित मेडल र प्रमाणपत्र पाउने राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित