नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १६–धाप्लाङघाटस्थित सुनकोशी नदीको अलपत्र मोटरेबल पुल निर्माण सुरु भएको छ । खोटाङको बाराहापोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ को बीचमा पर्ने धाप्लाङघाटस्थित सुनकोशीमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले अलपत्र पारेको पुल निर्माण सुरु भएको हो ।
सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन शाहका अनुसार २१ करोड ६५ लाख रूपैयाँको लागतमा तीन वर्षभित्र सक्ने गरी स्वच्छन्द–रसुवा–पप्पु जेभीले २०७३ असार ३० गते संझौता गरेको थियो । तर काम अलपत्र परेपछि उक्त ठेक्काको लिडपार्टी स्वच्छन्द निर्माण कम्पनीलाई कालो सूचीमा राखी धरौटी तानेपछि ज्वइन भेन्चरमा संलग्न रसुवा कन्स््ट्रक्सन प्रालिले गत मङ्सिरदेखि काम थालेको कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताए । ठेक्का लिएर कामै नगरी अलपत्र पारेपछि सुरु गराउन ठूलै संघर्ष गरेको मन्त्री राईले बताएका छन् । उनका अनुसार ठेकेदारले पावर प्रयोग गरेर आफैंमाथि खनिएको तर नटेरी काम अलपत्र पार्ने निर्माण कम्पनीको धरौटी जफत गराएपछि त्यही ज्वइनभेन्चरमा भएको रसुवा कन्स्ट्रक्सनले काम थालेको राईले सुनाएका छन् ।
उक्त पुलको म्याद सकिएपछि पटक–पटक थपिदै आएको छ । शाहका अनुसार पछिल्लो समय २०८४ जेठ २० गतेसम्मका लागि २०८२ असारमा थपिएको हो । उक्त पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ भदौ ३१ गते गरेका थिए । अहिलेसम्म करिब ४५ प्रतिशत मात्र काम भएको निर्माणमा संलग्न रसुवा कन्स््ट्रक्सन प्रालि सम्बद्ध रमेश न्यौपानले बताए । वित्तीय प्रगति भने २२ प्रतिशत मात्र भएको शाहले बताए ।
दुई सय मिटर लामो मोटरेबल पुलको ६ वटा पिलर निर्माण गर्नु पर्नेमा चार वटा सकिएको तर त्यसमध्ये एउटा पिलर वर्षाको बाढीले क्षति पु¥याएकाले अब तीन वटा पिलर बनाउन बाँकी रहेको न्यौपानेले सुनाए । यसबाहेक ५ वटा स्ल्याव बनाउनु पर्नेमा यो वर्ष तीन वटा सकिने र अर्को वर्ष दुई वटा सकिने न्यौपानले जनाए । ‘जम्मा ६ वटा पिलर बनाउनु पर्नेमा चार वटा सकिएको तर एउटामा वर्षको बाढीले क्षति पु¥याएकाले त्युसलाई तोडेर फेरि बनाउनु पर्ने भएको छ र ५ वटा स्ल्याव बनाउनु पर्नेमा यो वर्ष ३ वटा बन्छ, अर्को वर्ष २ वटा बन्छ’ न्यौपानेले भने–‘अर्को वर्ष चाहिँ पुलको काम सकिन्छ ।’https://youtube.com/shorts/HcvBX0E9Xko?si=wAno-lSkDbqfzrE7
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित