अर्गानिक नगरपालिका बन्दै

  • प्रकाशित मितिः असार ३, २०७६
  • 1546 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको अर्गानिक कृषि अभियानले लय समातेको छ । अर्गानिक कृषि प्रणालीबाट समृद्धि दिलाउ“ने लक्ष्यले सुरु भएको अभियानले लय समातेको हो ।
यस अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा आइतबार विहान कम्पोष्ट मल तथा बायो ग्यास ट्रष्ट भवनको सिलान्यास गरिएको छ । उक्त भवन सिलान्यासको क्रममा आगामी २० दिनभित्र भव सक्ने र त्यसपछि प्रशोधन सुरु गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । यसका लागि तीन करोड २२ लाख बजेट विनियोजन गरिएको छ ।
नगरप्रमुख रिजालका अनुसार दिक्तेलबजारको सडेगलेका फोहरलाई प्रशोधन गरेर ग्यास तथा कम्पोष्ट मल बनाइने छ । पहिलो चरणमा नगरपालिकाभरिलाई कम्पोष्ट मल र चार सय घर परिवारलाई खाना पकाउने ग्यास पु¥याउने लक्ष्य राखिएको नगरप्रमुख रिजालले सुनाए । यसले आयातित मल तथा ग्यासलाई निरुत्साहित गर्दै स्थानीय कम्पोष्ट मल तथा ग्यासलाई प्रबद्र्धन गरी स्वस्थ जीवन जिउने बानीको विकास हुने रिजालले सुनाए । ‘यो वर्ष नगरक्षेत्रभरिलाई कम्पोष्ट मल र चार सय घर परिवारलाई ग्यास पु¥याउ“ने लक्ष्य राएिको छ ।’ नगरप्रमुख रिजलाले भने–‘यसले स्वस्थ जीवन र अर्थतन्त्रमा पनि टेवा पुग्ने छ ।’
नगरभित्रै कम्पोष्ट मल उत्पादन गरेर आगामी पा“च वर्षभित्र पूर्ण रुपमा अर्गानिक नगर बनाउने लक्ष्यका अभियान सुरु गरिएको नगरप्रमुख रिजालले बताए । रसायनिक मलमा अनुदान दिने बजेट कम्पोष्ट मल उत्पादन गर्ने उद्योगमा खर्च गरिएको र रसायनिक मलको सट्टा कम्पोष्ट वितरण गरेर नगरपालिकालाई पूर्ण रुपमा अर्गानिक बनाइने रिजालको भनाई छ ।
नगरक्षेत्र पूर्ण रुपमा अर्गानिक बनाउन गत अघिल्लो सोमबारदेखि अभियान सुरु भएको हो । जिल्ला समन्वय समितिको सभा हलमा नगरक्षेत्रका सरोकारवालाहरु सहितको कार्यशालापछि अभियानले तिब्रता भएको हो । रसायनरहित नगरपालिका बनेपछि बजारीकरणको समेत चिन्ता नहुने भएकाले किसान थप उत्साहित भएर समृद्धिमा लम्किने भएकाले त्यसै अनुसार योजना बनाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विनादेवी राईले सुनाइन् । ‘अर्गानिक नगरपालिका बनाउने अभियान सुरु भइसकेको छ ।’ उपप्रमुख राईले भनिन्–‘अर्गानिक कृषिबाट समृद्धि दिलाउ“ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।’
खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले नगरपालिकाले सुरु गरेको अर्गानिक अभियान चुनौतिपूर्ण रहे पनि यसलाई सार्थक तुल्याउ“न सबै पक्ष लाग्नु पर्ने बताए ।
यो प्रशंगमा भएको कुराकानीको क्रममा वडा नं–१२ जालपाका वडाअध्यक्ष विकाश राईले नगरपालिकाको यो अभियानले पर्यावरणमैत्री तथा स्वस्थ जीवन यापनलाई चेतना दिएको बताए । यद्यपि यो अभियानलाई सफल पार्न रसायनिक मल र विषादीको विकल्पलाई पनि त्यत्तिकै ध्यान दिनु पर्ने अध्यक्ष राईको तर्क छ । करिब दुई दशकअघि रसायन रहित बनेको जालपामा सकारात्मक वातावरणीय प्रभाव देखिएको समेत राईले सुनाए ।
त्यसो त नगरक्षेत्रभित्रका विभिन्न ठाउ“लाई विभिन्न कृषि पकेट घोषणा गरेर त्यसै अनुसार काम सुरु गरेको छ । यसअन्तरगत बुइपामा कागती र लिची, विजयखर्क र लफ्याङमा केरा, सोल्मामा किवी, नेर्पा र निर्मलीडा“डामा अलैची, सोल्मामा तरकारी, नेर्पा र जालपामा रेन्बोट्राउट माछा पकेट क्षेत्र घोषणा गरेर त्यसै आधारमा बजेट विनियोजनपछि काम सुरु भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित