नेपाली कम्युनिष्ट पार्टी खोटाङले प्रतिनिधिसभा र राष्ट्रिय सभा उम्मेद्वारको नाम सिफारिस गर्यो

  • प्रकाशित मितिः पुस ११, २०८२
  • 358 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ११–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि उम्मेद्वारको नाम सिफारिस गरेको छ । उक्त पार्टीको केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू सहभागी शुक्रबार खोटाङमा बसेको बैठकले प्रत्यक्षतर्फ ७, समानुपातिकतर्फ १० र राष्ट्रिय सभाका लागि एक जनाको नाम सिफारिस गरेको हो ।
प्रदेश सचिवालय सदस्य सुरेश राईका अनुसार प्रत्यक्षतर्फ टंक राई, देवान चाम्लिङ, प्रतिक कार्की, भीम राई, रामकुमार राई, शम्भु घिमिरे र हरि रोकाको नाम सिफारिस गरेको हो । त्यस्तै समानुपातिकतर्फ टंकनाथ तामाङ, तेजमायाँ राई, देवराज राई, दुर्गाजयन्ती राई, पर्शु विश्वकर्मा, मिलन श्रेष्ठ, रमिला गुरुङ, शुभलाल राई, समिता कार्की र हरिश्चन्द्र गिरीको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभाका लागि कुलप्रसाद फुयालको नाम सर्वसहमतीमा सिफारिस गरिएको राईले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित