महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकासका लागि भाषणकला तालिम

  • प्रकाशित मितिः असार ३, २०७६
  • 2279 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३–महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकासका लागि भाषणकला तालिम सुरु भएको छ । महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत उक्त तालिम सुरु भएको हो ।
उक्त तालिममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभरिका दलित महिला तथा अन्य महिला जनप्रतिनिधिहरु सहभागी छन् । दिक्तेलको शुभदिन होटलमा असार ३ गते सुरु तालिम सात दिनसम्म हुने छ ।
तालिमको उद्घाटन मन्तब्यमा नगरप्रमुख दीपनारायण रिजालले महिला नेतृत्वका लागि भाषणकला अभिन्न पक्ष भएकाले ध्यान पूर्वक सिक्न आग्रह गरेका छन् । उक्त कार्यक्रमको सभापति तथा नगरउपप्रमुख विनादेवी राईले महिलाहरुको नेतृत्व विकासमा भाषणकला महत्वपूर्ण भएकाले तालिममा उत्साहित भएर सिक्न आग्रह गरेकी छन् । तालिमकी प्रशिक्षक डा. रेनुका थापा बस्नेतले तालिम अवधिभर सक्रिय सहभागी बनेर सिप सिक्न आग्रह गरिन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख मोहन राउतले मन्तव्यमार्फत सहभागी तथा अतिथिहरुलाई स्वागत गरेको थिए । गि

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित