खोटाङका विभिन्न २८ योजनाको ठेक्का खुल्यो

  • प्रकाशित मितिः मंसिर २१, २०८२
  • 389 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २०–जिल्लाका विभिन्न २८ योजनाको ठेक्का एकै पटक खुलेको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट चालु आर्थिक वर्षका लागि मङ्सिर १९ गते विभिन्न योजनाको ठेक्का खुलेको हो ।
पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालका अनुसार पूर्वाधार विकास कार्यालय खोटाङमार्फत जम्मा १३ करोड १० लाख रूपैयाँको बजेट बराबरको २८ योजनाको ठेक्का एकसाथ खुलेको हो । बडका मिलनचौकदेखि सावाकटहरे वाप्लुखा हुदै लिकुवापोखरी जन्तेढुङ्गा गाउँपालिका केन्द्र जोड्ने सडक दुई करोड, आहाले रेग्मीटार सगरमाथा राजमार्ग जोड्ने सडक स्तरोन्नति २ करोड, हलेसी धितुङ रेग्मीटार सडक स्तरोन्नति एक करोड, हलेसी तुवाचुङ एक्लेबर जनचेतना प्रावि जोड्ने सडक २५ लाख, हुर्लुङ दम्कु कुभिण्डे स्तरोन्नति रावाबेसी गाउँपालिका २५ लाख, चिसापानी नमूना मावि भवन निर्माण ५० लाख रूपैयाँको ठेक्का खुलेको दाहालले सुनाए ।
त्यस्तै धर्तुङ बजार ढलान बाराहापोखरी ५० लाख, पन्चमी पाण्डेगाउँ मानतत्त पुवरगाउँ सडक स्तरोन्नति दिप्रुङ चुइचुम्मा २५ लाख, दुईचुप्ला हुदै बुतेपाछाको साकेलाथान–मुडेटोल सडक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँ २५ लाख, भीरखर्क बुम्लुङ वडा कार्यालय सुम्लिखा सडक स्तरोन्नति खोटेहाङ गाउँपालिका ५० लाख, थ्रीस्टार हाइड्रोपावरदेखि खामडाडाँ हुदै रिखुवा सडकस्तरोन्नति दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा ५० लाख, ओख्रेदेखि लहरे पैयु हुदै टेम्माटार सडक स्तरोन्नति दिप्रुङ चुइचुम्मा २५ लाख, पोखरे जमुनेटार सागुटार सडक स्तरोन्नति दिप्रुङ चुइचुम्मा २५ लाख, बुइपा बजार व्यवस्थापन योजना ५० लाख, छितापोखरी ढलान तथा ढल व्यवस्थापन योजना ५० लाख रूपैयाँको ठेक्का खुलेको हो ।
त्यसै गरी कुहिभीर खाप्तिङ लिकुवापोखरी सडक स्तरोन्नति जन्तेढुङ्गा गाउँपालिका २५ लाख, दिप्रुङ चुइचुम्मा याम्खा वडा कार्यालय हुदै लहरे पैयु सडक स्तरोन्नति २५ लाख, गोपीदेखि टेम्माटार हुदै दिलैची सडक स्तरोन्नति दिप्रुङ चुइचुम्मा–७ टेम्मा ५० लाख, पसलेडाडाँ विधवानी क्रमागत सडक योजना बाराहापोखरी गाउँपालिका २५ लाख, मेवाखोला दुम्ली सडक स्तरोन्नति दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडाँ ५० लाख, छोरम्बु वडा कार्यालयदेखि लोचीबर हुदै याङसोलाहोमाथान सडक दिप्रुङ चुइचुम्मा २५ लाख, पञ्चमी सापातेल जगनटार रेग्मीटार सडक दिप्रुङ चुइचुम्मा–३ छोरम्बु ५० लाख, राजापानी धितुङ हलेसी सडक खण्ड अन्तरगत एक्लेबर जोरकुवा पन्थे सडक स्तरोन्नति २५ लाख, सिमलबोटदेखि सामातुङ कटहरेसम्म सडक स्तरोन्नति दिक्तेल रूपाकोट मझुवागढी नगरापलिका–३ बाम्राङ २५ लाख, चैनटार लेवा नोरङ कृषि सडक स्तरोन्नति ऐसेलुखर्क गाउँपालिका–७ माक्पा १५ लाख, भन्ज्याङखर्क डम्बर्खुशिवालय हुदै भोजपुर आमचोक जोड्ने सडक जन्तेढुङ्गा गाउँपालिका–४ दिप्लुङ १५ लाख, जगनटार वारेम्तुङ हुदै मुसुरीडाडाँसम्म सडक स्तरोन्नति दिप्रुङ चुइचुम्मा–४ बतासे १५ लाख र चप्लेटीदेखि ज्यामिरे हुदै मुसुरीडाडाँसम्म सडक स्तरोन्नति दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा १५ लाख रूपैयाँको योजनाको ठेक्का खुलेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित