नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १८–किराती समुदायले उधौलीको अवसरमा मझुवागढी साकेला सिली नाचेका छन् । यले सम्वत् ५०८५ को उधौलीको अवसरमा मङ्सिर १८ गते साकेला सिली नाँचेका हुन् ।
किराती समुदायले उधौली र उभौली गरी वर्षमा दुई चोटी चाड मनाउने गरेका छन् । मङ्सिरे पूर्णीमाको बेला उधौली र बैशाखे पूर्णीमाको बेला उभौली मनाउने संस्कृति छ । बाली थन्काउने बेला अन्नको सहबसोस्, अनिकाल नलागोस् भन्दै प्रकृतिको पूजाआराधना गर्ने चलन रहेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताएका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु जाडो छल्न उधौली लाग्ने भएकाले उधौली भनिएको किरातको भनाइ छ ।
त्यस्तै बैशाखे पूर्णीमाको बेला वर्षादमा भल पहिरो अर्थात प्राकृतिक प्रकोप नलागेस्, अन्न–बाली सप्रिओस् लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने परम्परा रहेको किरातले सुनाएका छन् । बैशाखे पूर्णीमाको बेला जलचर तथा थलचर जीवजन्तु गर्मी छल्न लेकतिर उभौली लाग्ने भएकाले उभौली भनिएको किरातले जनाएका छन् । उधौली–उभौलीको बेला आफन्तसंग भेटघाट र मान्यजनसंग आशिर्वाद लिने चलन छ ।
साकेला सिली किराती मात्र होइन गैरकिरातले समेत नाँच्ने गरेका छन् । साकेला सबैको साझा र समृद्ध संस्कृतिको रूपमा विकास भइसकेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन् । त्यस्तै उधौलीकै अवसरमा दुमी किरात राईहरूले रूपाकोटमा प्रकृतिको पूजा आराधना गरी साकेला सिली नाँचेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित