जडिबुटी खेतीमा आकर्षित

  • प्रकाशित मितिः जेठ ३२, २०७६
  • 2664 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३२–जिल्लाका किसान जडिबुटी खेतीतर्फ आकर्षित भएका छन् । केपिलासगढी गाउ“पालिका, साकेला गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसान जडिबुटीतर्फ आकर्षित भएका हुन् ।
यी पालिकाहरुमा पाइने विभिन्न बहुमुख्य जडिबुटी खेतीबाट मनग्गे आम्दानी हुने भएपछि यसतर्फ आकर्षित भएका हुन् । बुढोओखती, सुगन्धावाल, सतुवा, हलेदो, पाषनवेद, चिराइतो, मछिनो लगायतका जडिबुटी प्रशस्त पाइने भएकाले यसबाट मनग्गे आम्दानी गर्न यसतर्फ आकर्षित भएको किसानहरुले बताएका छन् ।
केपिलासगढी गाउ“पालिका वटा नं–१ फेदीका किसानले भने निकासी नै गरिसकेका छन् । स्थानय नरजीत राईले फेदीको चित्रे, पत्करु, वर्खे, पिपिन, सुम्दे लगायतका लेकाली क्षेत्रमा उत्पादन हुने बुढो ओखती र सुगन्धवाल संकलन गरेर काठमाडौं निकासी गरेको बाक्सिलास्थित सव–डिभिजन वन कार्यालयका वन रक्षक खबिराज राईले सुनाए । उनका एक ट्याक्टर बुढो ओखती (ठूलो ओखती) र सुगन्धवाल निकासी भएको हो । उक्त ठाउ“बाट सात सय ५० केजी ठूलो ओखती र दुई सय केजी सुगन्धवाल जडिबुटी निकासी भएको राईले जनाए ।
गाउ“मा प्रतिकेजी ८० रुपैया“देखि सय रुपैया“मा सुगन्धवालको गानो ठेगेर काठमाडौंमा प्रतिकेजी डेढ सयदेखि दुई सय रुपैया“सम्ममा बिक्री हुने नरजीत राईले सुनाए । यस्तै बुढोओखती प्रतिकेजी ३० देखि ५० रुपैया“मा ठेगेर काठमाडौंमा प्रतिकेजी ८० देखि एक सय रुपैया“सम्ममा बिक्री गर्ने गरेको राईले बताए । जडिबटीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि २०७५ असारमा तत्कालीन जिल्ला वन कार्यालयमा दर्ता गरेर ठूलोओखती र सुगन्धवाल खेती सुरु गरेको राईले बताए ।
त्यस्तै साकेला गाउ“पालिका–३ खिदीमामा तीन वर्षदेखि मछिनो उद्योग सञ्चालन गरिएको छ । यसबाट मनग्गे आम्दानी गर्न सकिने सञ्चालक युवाराज तामाङले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा पनि तितेपाती प्रशोधन सुरु भएको छ । स्थानीय तितेपातीबाट तेल उत्पादन गरेर निकासी सुरु गरिएको वडा नं–१० का वडाअध्यक्ष मुगाधन राईले बताए ।
जडिबुटी खेतीतर्फ किसान आकर्षित भएपछि केपिलासगढी गाउ“पालिका, साकेला गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले योजना निर्माणको तयारी गरेको छ । जडिबुटीबाट किसानको आर्थिक समृद्धि दिन योजना निर्माणको तयारी गरिएको केपिलासगढी गाउ“पालिका अध्यक्ष कृष्णकुमार राईले बताए । त्यस्तै साकेला गाउ“पालिका पनि जडिबटीको उर्बर भएकाले नीति निर्माणका तयारी गरिएको साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले सुनाए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि जडिबुटी खेतीका लागि अध्ययन गर्ने र त्यसआधारमा योजना निर्माण गर्ने योजना बनाइएको नगरप्रमुख दीपनारायण रिजालले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित