नमस्ते खोटाङ संवाददाता–
खोटाङ मङ्सिर ५–नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वराज पौडेलले पहुँचमा पूँजी होइन, पूजीमा पहुँच विस्तार गर्नु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले मङ्सिर ५ गते दिक्तेलको होटल शुभदिनमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै पौडेलले पहुँच भएकालाई होइन, उद्यमशिलता परियोजनाका आधारमा कर्जा लगानी गर्नु पर्ने धारणा राखेका हुन् ।
पछाडि परेका समुदाय, सूचनाको पहुच नभएकाहरूलाई बैंकको स्किमहरू जानकारी गराएर उनीहरूलाई पूँजीमा पहुँच बढाउदै उनीहरूको आर्थिकस्तर बढाउनु पर्ने पौडेलले बताएका छन् । यसका लागि राजनीतिकर्मीहरूले समेत उक्त समुदाय तथा वर्गलाई सूचना विस्तार गर्नु पर्ने पौडेलले आग्रह गरेका छन् ।
विदेशमा मात्र होइन, स्वदेशमै पनि पैसा कमाउन सकिने समेत पौडेलले बताएका छन् । यसका लागि बैंकमा धेरै खालको स्किम भएकाले आफूले चाहे अनुसारको स्किम छानेर व्यवसाय गर्न सकिने समेत पौडेलले जनाएका छन् । बैंकबाट ऋण लिएर विदेश जाने भन्दा पनि स्वदेशमै काम गर्नु पर्ने समेत पौडेलले धारणा राखेका हुन् ।
कार्यक्रमका सहभागीहरूले पहुँच हुनेहरूले मात्र कर्जा पाउने गरेको, लघुवित्त कार्यक्रम अन्तरगत कर्जाको सिमा घटाइएको, डिजिटल माध्यमबाट कारोबार गर्दा जोखिम हुने गरेको लगायतका गुनासोहरू राखेका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंककी निर्देशक सीखा अधिकारीले वित्तीय चेतना अभिवृद्धि गराउन र वित्तीय ग्राहकहरूलाई साक्षतकार गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताएकी छन् । खोटाङमा ९ अर्ब डिपोजिट र तीन अर्ब लोन भएको समेत अधिकारीले सुनाएकी छन् ।
उक्त कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरू, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्य, खोटाङस्थित बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित