नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई लगायत उनका परिवारले स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा दुई लाख बढीको अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले दोर्पाचिउरीडाडाँस्थित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ कात्तिक १६ गते स्थापना गरेका हुन् ।
सात सन्तानकी आमा स्वर्गीय पदमकुमारीको नाममा स्थापना गरिएको अक्षयकोषमा पहिलो चरणमा दुई लाख दुई हजार दुई सय २२ रूपैयाँ भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले जानकारी गराएका छन् । अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालय प्रशासनसँगको सहकार्य र अक्षयकोष सञ्चालन समितिको निर्णयअनुसार वार्षिकरुपमा विद्यार्थीलाई पुरस्कार वितरण, शैक्षिक गतिविधि तथा आवश्यक सहयोगमा खर्च गरिने विद्यालयले राईले जनाएका छन् । पदमकुमारीको २०८१ कात्तिक १६ गते ८८ वर्षको उमेरमा निधन भएको थियो ।
गाउँको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई केही सहयोग पुगोस भनेर परिवारको तर्फबाट अक्षयकोष स्थापना गरिएको नगरप्रमुख भट्टराईले बताए । ‘आजभोलि धार्मिक संस्कार र संस्कृतिमा अनावश्यक खर्च गर्ने चलन बढेको छ, भड्किलो प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ’ भट्टराईले भने–‘आफ्नो संस्कार संस्कृति पनि जोगाउदै शैक्षिक–सामाजिक रूपले अगाडि बढ्न सकियोस् भन्ने चाहनाले अक्षयकोष स्थापना गरिएको हो ।’
अक्षयकोष स्थापना कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले नगरप्रमुख भट्टराईले सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै प्रशंसा गरेका छन् । ‘सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि अक्षयकोषहरू आवश्यक छ, यसमा नगरप्रमुख भट्टराईको सामाजिक उत्तरदायित्वप्रति सबैले प्रशंसा गर्नुपर्छ’ राईले भने–‘शिक्षा क्षेत्रको सुधार नभइ सामाजिक रुपान्तरण सम्भव छैन, सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न सबै एकजुट हुन आवश्यक छ ।’
अक्षयकोष घोषणा कार्यक्रममा नगरका उपप्रमुख विशन राई लगायत जनप्रतिनिधिहरू, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयबासीको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २४–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–कुकु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०-भुवनेश�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १८–किरा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित