नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १४–सार्वजनिक प्रदर्शन, रयाली, सभाजस्ता कार्यक्रम गर्न अनुमति लिनुपर्ने जिल्ला प्रशासन कार्यालय खोटाङले सूचना जारी गरेको छ । प्रशासकीय अधिकृत प्रभात ढकालले कात्तिक १४ गते सूचना जारी गरी सार्वजनिक प्रदर्शन, ¥याली, सभाजस्ता कार्यक्रम गर्न अनुमति लिनु पर्ने जानकारी गराका हुन् ।
गृह मन्त्रालयको चलानी नम्बर ४८४ को २०८२ कात्तिक ९ गतेको पत्रलाई उल्लेख गर्दै नागरिकलाई स्वतन्त्रताको हक अन्तरगत शान्तिपूर्ण भेला, जम्मा हुन पाउने संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्दै जिल्लामा सार्वजनिक प्रदर्शन, ¥याली, सभाजस्ता कार्यक्रम गर्न अनुमति माग भएको अवस्थामा शान्ति सुरक्षा लगायत जिल्लाको वस्तुस्थितिको विश्लेषण गरी उक्त कार्यक्रम सञ्चालन गर्न अनुमति लिनु पर्ने सूचनामा उल्लेख गरिएको छ । कार्यक्रम गर्न चाहने आयोजक संस्थाको नाम, ठेगाना, संस्था दर्ता, नवीकरण, संस्थाको प्रकृति, कार्य समितिका सदस्यहरूको नाम, ठेगाना, कार्यक्रम गर्नुको उद्देश्य, कार्यक्रम गर्न चाहेको स्थान, सहभागीको अनुमानित संख्या, प्रमुख वक्ता लगायतका विभिन्न १५ वुदे मापदण्डको ढाँचामा निवेदन स्वीकृति गराउनु पर्ने उल्लेख छ ।
यसबाहेक सार्वजनिक प्रदर्शन, ¥याली, सभाजस्ता कार्यक्रम गर्दा आयोजकले विभिन्न १३ वुदे शर्त पालना गर्नु पर्ने समेत उल्लेख गरिएको छ । यसअन्तरगत शान्तिपूर्ण, अहिंसात्मक हुनु पर्ने, नागरिककको अधिकार हनन् गर्न नहुने, नाबालक, विद्यालय पोशाकका विद्यार्थी र विदेशी नागरिकहरूको प्रयोग गर्न नपाइने, हात हतियार, विस्फोटक पदार्थको प्रदर्शन एबम् प्रयोग गर्न नपाइने, ध्वनि प्रसारण यन्त्र÷सञ्चार प्रसारण यन्त्र÷उपकरण बाहेक अन्य कुनै प्रकारको रेडियो सञ्चार सेट प्रयोग गर्न नपाइने, कार्यक्रममा राष्ट्रिय झण्डाको दुरुपयोग गर्न नपाइने, सार्वजनिक तथा निजी सम्पत्तिको हानी नोक्सानी गर्न नपाइने, आयोजकले फोहरको उचित व्यवस्थापन गर्नु पर्ने, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, साम्प्रदायिक सद्भाव खलल पुग्ने गतिविधि गर्न नपाइने, कार्यक्रम गर्नुभन्दा तीन दिनअगावै प्रशासनको अनुमति लिनु पर्ने लगायतका १३ बुदे शर्त उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ५–जिल्ला सद�... ... ...
सविना अछामे–खोटाङ, भदौ १–खोटाङका विभिन्न ठाउँ�... ... ...
सविना अछामे–खोटाङ, साउन २५–विश्व प्रशिद्ध हले�... ... ...
सविना अछामे–खोटाङ, साउन २२–हलेसीको ट्राफिक चो�... ... ...
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित