ललित श्रेष्ठको इलम (भिडिओ सहित)

  • प्रकाशित मितिः कार्तिक १४, २०८२
  • 424 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६६ वर्षीय ललित श्रेष्ठले माटोको भाँडा बनाएको ४३ वर्ष पुग्यो । तर पनि पुख्र्यौली पेशाको औधी मायाँ छ उनलाई । त्यही भएर अझै पनि काममा खटिरहेका छन् उनी ।
७–८ पुस्ताअघिदेखिको पुख्र्यौली पेशालाई बाजे कृष्णनारायण, बाबु देवीनारायण हुदै श्रेष्ठ लगायत उनका माइलो भाइ तुलबहादुर र कान्छो पूर्णबहादुरलेसम्म यो पेशा अपनाएका छन् । उनले उत्पादन गरेको माटोको भाँडा दिक्तेल बजारको हटियामा विक्री गर्ने गरेका छन् ।
यसै पेशाबाट पाँच छोरी र दुई छोरालाई शिक्षादीक्षा, माछा–मासु, नुनतेल, लत्ताकपडा जोहो गरेको बताउछन् । श्रेष्ठको पाँच छोरी र दुई छोरा छन् । यसैबाट दुईवटी छोरीले बाहेक अन्य सबैले १२ कक्षासम्म उतीर्ण गर्ने खर्च धानेको श्रेष्ठको भनाइ छ । श्रेष्ठको जेठा छोरा नेपाली सेना, कान्छा छोरा टेराम्रिदा कार्वन कफी विरुवा कार्यक्रममा काम गर्छन् । पाँचै जना छोरीहरू र जेठा छोराको विहे खर्च पनि यसैबाट धानेको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठका अनुसार आठ–दश वर्षअघिसम्म माटोको भाडा–कुँडाको बजार राम्रो थियो । रक्सी पार्ने फुङ्गा, भिउटी, बुछालु, घैला, मकै भुट्ने खपेटा, गमला, मकल, धुपौरो, खुत्रुके लगायतका सामान खुब चल्थ्यो । तर अहिले सिलिबर, स्टिल, प्लाष्टिकका विभिन्न खालको भाँडाहरू आएपछि माटोको भाँडा बिक्री हुन छाडेको श्रेष्ठको भनाइ छ ।
आफूले सकिन्जेल यो पेशा अपनाउने श्रेष्ठको भनाइ छ । त्यसपछि भने यो पेशा लोप हुने अवस्थामा पुगेको उनको दुःखेसो छ । छोरा–नातिहरूलाई परम्परागत पेशालाई जोगाउन शीप सिकाउने गरे पनि जोगाउन गाह«ो भएको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित