नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २८–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले दरबन्दी बाहेकका अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेको छ । अर्थमन्त्रालयको पत्रको आधारमा असोज २८ गतेको कार्यपालिका बैठकले दरबन्दी विहीन अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेको हो ।
नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार अर्थमन्त्रालयको असोज ५ गतेको निर्णयले प्राप्त पत्रको आधारमा उक्त निर्णय गरिएको हो । आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी दरबन्दी विहीन अस्थायी, करार र ज्यालादारी कर्मचारीको नियुक्ति खारेज गर्ने निर्णय गरिएको असोज २८ गते पत्रकार सम्मेलन गरी नगरप्रमुख भट्टराईले जानकारी गराएका हुन् । यस्ता कर्मचारी कति छन् भन्ने एकीन भने हुन बाँकी रहेको भट्टराईको भनाइ छ ।
त्यस्तै नगरसभा तथा नगरकार्यपालिका बैठक, कार्यक्रमहरूमा खाजा, खाना तथा विविध शीर्षकमा खर्च नगर्ने, स्थानीय तहको सुरुवातीदेखि नगरपालिकाबाट विनियोजित योजनाहरूको विवरण समेत सार्वजनिक गर्ने निर्णय भएको छ । कतिपय योजनाहरू कामै नगरी फछ्र्यौट भएको, कतिपयमा डुब्लिकेसन भएको लगायतका गुनासो आएपछि स्थानीय तहको सुरुवातीदेखिनै नगरपालिकाबाट विनियोजित बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरिएको भट्टराईले बताएका छन् । यसका लागि दिक्तेल रूपाकोट मझुवागाढी नगरपालिका–५ लफ्याङका वडाअध्यक्ष दिनेशकुमार घिमिरेको संयोजकत्वमा वडा नं–९ निर्मलीडाडाँका वडाअध्यक्ष दिनेश कठायत र वडा नं १४ बुइपाका वडाअध्यक्ष दिनेश राई सदस्य रहेको समितिले उक्त योजनाहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरिएको भट्टराईले बताएका छन् ।
त्यसैगरी आगामी कात्तिक २० गतेभित्र नगर कार्यपालिका सदस्यहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरिएको भट्टराईले सुनाएका छन् । यसबाहेक दिक्तेल बजारमा मापदण्ड विपरित बनाइएका स्पिट ब्रेकरको स्तरोन्नति गर्ने, निर्माणाधीन अवस्थामा अलपत्र परेको जिल्ला अस्पतालबारे सम्वन्धित सरोकारवालाहरूसंग छलफल गरी कानुनी परामर्श लिइ आवश्यक परे काुननी प्रक्रिया बढाउने लगायतका निर्णय गरिएको भट्टराईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित