नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३–साकेला गाउँपालिकामा अबरुद्ध साप्सुखोला–मानेभन्ज्याङ–पाँचधारे सडक सुचारु भएको छ । उक्त गाउँपालिकाले असोज २२ गतेदेखि अबरुद्ध सडकको पहिरो हटाएपछि यातायात सुचारु भएको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार पहिरो गएपछि अबरुद्ध भएको सडकको पहिरो हटाएपछि असोज २२ गते रातीदेखि यातायात सुचारु भएको हो । नागरिकलाई आवागमनमा समस्या भएपछि गाउँपालिकाले आकस्मिक पूर्वाधार सेवा अन्तरगत साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे करिव ३२ किलोमिटर भित्र झरेको पहिरो हटाएपछि सवारीसाधन आवागमन सुरु भएको राईले सुनाए ।
साप्सुखोला–मानेभन्ज्याङ–पाँचधारे सडकको डिगेम्पाडाँडा, चुम्लुङ, कात्तिके लगायतका ठाउँहरूमा पहिरो जानका साथै विभिन्न ठाउँमा नालीबाट बगेको पानीले ग्याविन जाली बगाएको तथा सडकको ग्राभेल समेत बिगारेको थियो । त्यस्तै मानेभन्ज्याङ–पुङमा सडक, मानेभन्ज्याङ–तावाभन्ज्याङ सडक, मानेभन्ज्याङ–रतन्छा सडक, कात्तिके–सोस्तुङ–नैनेपाटी सडक लगायतका सडकहरूमा समेत पहिरोले क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित