बेपत्ता युवक मृत फेला

  • प्रकाशित मितिः असोज १९, २०८२
  • 237 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १९–असोज १८ गते बेपत्ता युवक असोज १९ गते मृत फेला परेका छन् । मावली गएर फर्कने क्रममा हौचुर खोलाले बगाएर बेपत्ता भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका २१ वर्षीय सुमन विश्वकर्मा उक्त खोलाकै ओडारे भन्ने ठाउँमा मृत फेला परेका हुन् ।
रावाबेसी गाउँपालिका–६ हौचुरस्थित मावली गएर फर्कने क्रममा असोज १८ गते बेलुकी सात बजेतिर हौचुर खोलाले बगाएर बेपत्ता भएका विश्वकर्मा असोज १९ गते विहान साडे ९ बजेतिर उक्त खोलाकै ओडारे भन्ने ठाउँमा पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् । राती ८ बजे प्रहरीलाई जानकारी आउनासाथ घटनास्थलमा प्रहरी पुगी स्थानीयको साथमा राती दुई बजेसम्म खोजतलास गर्दा फेला नगरेको र विहान खोजतलासको क्रममा हरमटार प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक राजाराम यादवको टोलीले फेला परेको डिएसपी बुढाथोकीले सुनाएका छन् । विश्वकर्मा मृत फेला परेपछि कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रको टोली घटनास्थलमा खटिएको डिएसपी बुढाथोकीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित