खोटाङमा ‘दसै–तिहार चेलीलाई उपहार’ अभियान सञ्चालन (भिडिओ सहित)

  • प्रकाशित मितिः असोज १६, २०८२
  • 165 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १६–‘दसै तिहार चेलीलाई उपहार’ अभियानको दोश्रो संस्करण सुरु गरिएको छ । महिला, बृद्ध–बृद्धा, बालबालिका र आर्थिक अवस्था कमजोर भएकाहरूलाई माइती–मावलीसम्म निःशुल्क यातायात सेवा पु¥याउने उद्देश्यले असोज १६ गते उक्त अभियान सञ्चालन गरिएको हो ।
यो अभियान अन्तरगत दसैको अवसरमा १९ गतेसम्म ४ दिन र तिहारको अवसरमा कात्तिक ५, ६ र ७ गतेसम्म तीन दिन अभियान सञ्चालन गरिने अभियानका संयोजक सञ्जयकुमार राईले बताएका छन् । ‘महिला, बृद्ध–बृद्धा, बालबालिका र आर्थिक अवस्था कमजोर भएकाहरूलाई माइती–मावलीसम्म पु¥याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो’–राईले भने ।
दसैको अवसरमा सञ्चालित अभियानको पहिलो दिन २५ जना बाइक राइडर र दुई वटा गाडीले सेवा दिएको राईले सुनाएका छन् । गत वर्ष करिब ५ सय जनालाई सेवा दिएकोमा यो वर्ष हजार जनालाई सेवा दिने लक्ष्य राखिएको राईको भनाइ छ । ‘गतवर्ष पाँच सय जनालाई सेवा दिइएको थियो’ राईले भने–‘यो वर्ष हजार जनालाई सेवा दिने लक्ष्य छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित