नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ७–दिक्तेल बजार अनुगमन गर्दा २४ हजार बढीको म्याद नाघेको उपभोग्य वस्तु बरामत गरिएको छ । असोज ७ गते दिक्तेल बजारमा अनुगमन गर्दा २४ हजार तीन सय ९० रूपैयाँ बराबरको म्याद नाघेको उपभोग्य वस्तु बरामत गरी नष्ट गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङ उद्योग वाणिज्य संघ लगायतको संयुक्त टोलीले अनुगमन गर्दा म्याद नाघेर अखाद्य भइसकेका उपभोग्य वस्तु बरामत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका सूचना अधिकारी सन्तोष भट्टराईले बताएका छन् । भट्टराईका अनुसार विस्कुट, कोकाकोला, चिजबल, सस, चियापती, मसला, मडुवा सुर्ती, दुनोट, चामल लगायतका म्याद नाघेका उपभोग्य वस्तु बरामत गरी नष्ट गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत प्रभात ढकालको संयोजकत्वमा घरेलु अधिकृत भेषराज खत्री, नगरपालिकाकी अधिकृत छैटौ रेखा राई, करदाता सेवा कार्यालयका नायव सुब्बा सन्जीव राई, खोटाङ उद्योग वाणिज्य संघका सचिव विनोद खड्का, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीषक जनक धानुक, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा लिला विश्वकर्मा लगायतको टोलीले उक्त वस्तु बरामत गरी नष्ट गरेको हो । अनुगमनलाई निरन्तरता दिने घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित