नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ६–जाडको बेला यात्रुको चापलाई व्यवस्थापन गर्न जिल्लाका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सुरक्षित, सहज र व्यवस्थित यात्राका लागि व्यवस्थापन गर्न दिक्तेल बजारको रत्नपार्कस्थित किरातचोक र जयरामघाटमा सहायता कक्ष स्थापना गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दसैं, तिहार, छठपर्वको समयमा हुने यात्रुको चापलाई ध्यानमा राखेर सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताएकी छन् । चाडपर्वको समयमा हुनसक्ने समस्या समाधान गर्न जिल्लाका दुई ठाउँ सदरमुकाम र प्रवेशद्वार जयराममा यात्रु सहायता कक्ष स्थापना श्रेष्ठले जनाइन् । यात्रु सहायता कक्षमा यात्रुहरूले भिडभाडका बीचमा यात्रा गर्दा पर्न सक्ने समस्या समाधान, ट्राफिक नियमबारे सचेतना, टिकट परीक्षण र भाडासम्बन्धी गुनासो राख्न सक्ने व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उरीषक प्रकाश बुढाथोकीका अनुसार क्षमताभन्दा बढी यात्रु बोक्ने, तोकिएभन्दा बढी भाडा असुल्ने वा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाइए तत्काल प्रहरीलाई जानकारी दिन यात्रु तथा सरोकारवाला निकायलाई आग्रह गरिएको छ । सहायता कक्षबाट ट्राफिक प्रहरी नियमित अनुगमन गर्ने र आवश्यक परे यात्रुको गुनासो तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको समेत प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् । चाडपर्वको अवसरमा यात्रुको आवागमन सहज र सुरक्षित यात्रा बनाउन भाडादर नियमनमा कडाइ गर्ने निर्णय गरिएको र तोकिएको भन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने,क्षमताभन्दा बढी यात्रु चढाउनेजस्ता समस्या देखिँदै आएकाले यसपटक प्रशासनले विशेष निगरानी गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित