नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ५–साकेला गाउँपालिकाले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीलाई लक्षित गर्दै घुम्ती शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ । असोज ५ गतेदेखि चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार शिविरको पहिलो दिन वडा नम्बर–४ मात्तिमको पाउँदुरे र वडा नं. ५ मात्तिमको बिर्ता पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो । उक्त शिविरमा वडा नं. ४ मात्तिमका ७९ जना लाभग्राहीको लागि १२ लाख ५९ हजार र वडा नं. ५ मात्तिमबिर्ताका एक सय १४ जना लाभग्राहीको लागि १८ लाख ८८ हजार सामाजिक सुरक्षाभत्ता रकम वितरण गरिएको छ । उक्त पालिकाले एसबिआई बैंकको सहकार्यमा वडा–वडामा पुगेर शिविरमार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा चाडबाडको मुखमा पनि सेवाग्राहीलाई पायक पर्ने गरी वितरण सुरु गरिएको राईले सुनाएका छन् । भौगोलिक बिकटता र शारीरिक अशक्तताका कारण बैंकसम्म आएर भत्ता लिन नसक्ने लाभग्राहीलाई पायक पर्ने गरी शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको राईले बताएका छन् ।
यो चोटीको शिविर असोज–९ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक हजार तीन सय २९ जना लाभग्राहीलँई एक करोड ३४ लाख ५७ हजार निकासा गरेको गाउँपालिकाका लेखापाल उत्तम आचार्यले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित