नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ५–नेकपा माओवादी केन्द्र खोटाङले जेन–जी आन्दोलनपछि मुलुकमा विकसित समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिको बारेमा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । जिल्लाका दशै स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम सुरु गरेको हो ।
नेकपा माओवादी केन्द्र खोटाङका संयोजक दिपक पाण्डेका अनुसार जेन–जी आन्दोलन के हो र के होइन ?, जेन–जी आन्दोलनमा भएका ध्वंसात्मक घटनाहरूको विश्लेषण, माओवादी आन्दोलनको उपलब्धिको रक्षा, देशी–विदेशी चलखेल र व्यवस्थामाथि गरिएको षड्यन्त्र, केपी शर्मा ओलीको अहंता, अदूरदर्शीता, भ्रष्ट्रचारीलाई संरक्षण गर्ने कार्यशैली र सरकार सञ्चालनमा देखिएका त्रुटीहरू, आन्दोलनप्रति ओली सरकारको गलत दृष्टिकोण, सैनिक मुल्यालयले गरेको चलखेल लगायतका विषयमा तल्लोतहका जनतासमक्ष पु¥याउन अन्तरक्रिया सुरु गरिएको हो । ‘यसका साथै माओवादीका सकारात्मक र नकारात्मक विषयहरू र आगामी दिनमा खेल्नु पर्ने भूमिका र दायित्वको विषयमा सुझाव समेत संकलन सुरु गरिएको छ’–पाण्डेले भने ।
उक्त अभियान असोज ४ गतेदेखि दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट सुरु गरिएको पाण्डेको भनाइ छ । उक्त अन्तरक्रियामा माओवादीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू समेत सहभागी रहने पाण्डले जनाएका छन् । यो अभियानसंगै चाडपर्वको शुभकामना आदान प्रदान समेत सुरु गरिएको पाण्डेले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित