चाड पर्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामलमा विशेष छुट गर्यो

  • प्रकाशित मितिः भदौ 30, 2082
  • 476 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ ३०–चाडपर्वलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विशेष छुटको व्यवस्था गरेको छ । भदौ ३० गते सूचना जारी गर्दै चामलमा छुट दिएर विक्री वितरण सुरु गरेको हो ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दिक्तेका प्रमुख सुजनबाबु आचार्यका अनुसार चाडपर्वलाई मध्य नजर गरी प्रति बोरा एक सय २५ रूपैयाँका दरले विशेष छुट दिएर विक्री वितरण सुरु गरिएको हो । उक्त कम्पनी लिमिटेडको शाखा कार्यालय दिक्तेल, डिपो कार्यालय खोटाङ बजार र ऐसेलुखर्कमा भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म विशेष छुटको व्यवस्था गरिएको आचार्यको भनाइ छ । आचार्यका अनुसार अरुवा सोना मन्सुली, स्टिम जिरा मसिना, स्तरोन्नति गरिएको एफआरके स्टिम जिरा मसिना चामलमा प्रतिकेजी पाँच रूपैयाँ छुट गरी विक्री वितरण भइरहेको हो । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तरगत हरेक वर्षको चाड पर्वलाई लक्षित गरी देशभर विशेष छुट दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित