सविना अछामे–
खोटाङ, भदौ २६–जेन–जी आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक गतिविधि भइरहेकाले यसप्रति सजग रहनुका साथै सुरक्षा तथा शान्ति कायम गर्न सुरक्षाकर्मीलाई सहयोग गर्न संयुक्त सुरक्षा फौजले अनुरोध गरेको छ । विभिन्न अराजक व्यक्ति र समूहले घुसपैठ गरी व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड, आगजनी एबम् व्यक्तिगत हिंश्रक आक्रमणजस्ता क्रियाकलापहरू गरिरहेकाले सजग तथा सुरक्षित रहनका साथै सुरक्षाकर्मीलाई सहयोग गर्न अनुरोध गरेको हो ।
आ–आफ्नो वरिपरि कारागार वा अन्यत्रबाट फरार रहेको वा अपरिचित शंकास्पद व्यक्तिहरू बारे थाहा भएमा वा फेला परे, विभिन्न समूहले आगजनी तथा तोडफोड, राजमार्ग तथा मुख्य बाटोहरू अवरोध गर्ने प्रयास गरे मा नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ । त्यस्तै जेन–जी समूहले गरेको प्रदर्शनको बेला लुटिएका हतियारहरू तथा बेवारिसे अवस्थामा फेला परेका हतियार, एम्यनिशन तथा इकयुपमेन्टहरू नजिकैका सुरक्षा निकायमा बुझाउन वा सुरक्षा निकायलाई जानकारी गराउन, निषेधाज्ञा तथा कफ्र्यूका नियमहरू पालना गरी अति आवश्यक काम परेको खण्डमा बाहेक अन्य अवस्थामा घर बाहिर हर्कत नगर्न र आफ्नो वरिपरिको व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा कोहि कसैले क्षति पु¥याउने प्रयास गरे तथा अवाञ्छित गतिविधि गरे सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरेको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित