खोटाङमा निषेधाज्ञा तथा कर्फ्यू आदेश

  • प्रकाशित मितिः भदौ २६, २०८२
  • 434 पटक पढिएको
  • संवादताता

सविना अछामे –
खोटाङ, भदौ २६–जिल्ला प्रशासन कार्यालय खोटाङले भदौ २६ गते विहान ९ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी खोटाङ जिल्लाभर अर्को आदेश जारी नभइन्जेलसम्मका लागि प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले निषेधाज्ञा जारी गरेकी हुन् ।
त्यस्तै भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते विहान ६ बजेसम्मका लागि सदरमुकाम दिक्तेलमा कफ्र्यू आदेश समेत जारी गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने सदरमुकाम दिक्तेल लगायत मुढे इलाका, सिद्धेश्वर गुफा जाने बाटो, अस्पतालचौकबाट लफ्याङ जाने बाटोको २ सय मिटर अगाडिसम्म, अल्छेढुङ्गाबाट सोल्मा जानेबाटोको ५ सय मिटर अगाडिसम्म, रत्नपार्कबाट बाम्राङ जानेबाटोको ५ सय मिटर अगाडिसम्म कफ्र्यू लगाइएको जारी सूचनामा उल्लेख छ । कफ्र्यूको अवधिभर अत्यावश्यक सेवाका साधनहरू, एम्बुलेन्स्, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, इन्धन बाहक सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरूको आवागनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने सूचनामा उल्लेख गरिएको छ । तोकिएको स्थानमा कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित