धादिङमा कारागार तोडेर भाग्न खोज्ने २ कैदीबन्दीको गोली लागेर मृत्यु, ७ जना घाइते

  • प्रकाशित मितिः भदौ २५, २०८२
  • 299 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
धादिङ, भदौ २५–जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । अन्य ७ कैदीबन्दी घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
सेनाका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाइएको हो । घटनामा जनपथ र सशस्त्र प्रहरी बलका सात जना घाइते भएका छन् । घाइते प्रहरी सबैको अवस्था सामान्य छ ।
भदौ २४ गते नक्खु कारागारबाट अन्य कैदीबन्दी छाडेको भन्दै आफूहरूलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए । गोली चलाउनुअघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेका थिए । उनीहरूले सेनामाथि नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो । जिल्ला कारागार धादिङमा दुई सय ४३ कैदीबन्दी छन् । त्यसमध्ये महिला ९ जना छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित