नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २५–खोटाङमा सेना परिचालन भएको छ । सार्वजनिक सम्पत्तिको सुरक्षा देखाउदै भदौ २४ गते राति १० बजेदेखि नेपाली सेना खटिएको हो ।
दिक्तेलको प्रशासनिक क्षेत्रमा रहेको जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, बैंकहरू लगायतको सुरक्षामा नेपाली सेना तैनाथ रहेको रणभीम गण मुढे ब्यारेकका गणपति केदारप्रसाद लामिछानेले बताएका छन् । ‘सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न हामी खटिएका छौं’ लामिछानेले भने–‘प्रशासनिक क्षेत्र, बैंक लगायतका सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न खटिएका हौं ।’
भदौ २५ गते विहान दिक्तेलबजारमा माइकिङ गरी नेपाली सेनाले सम्पूर्ण सुरक्षाको जिम्मा लिएको जनाउदै सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न सहयोग गर्न आह्वान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित