एन्फा यु १४ जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि सरस्वती मावि र हिमालय माविलाई

  • प्रकाशित मितिः भदौ २२, २०८२
  • 453 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २२–एन्फा यु १४ जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि सरस्वती मावि दिक्तेल र पृथ्वी मावि बाक्सिलाले चुमेको छ । भदौ २२ गते दिक्तेल रङ्गशालामा सम्पन्न खेलमा छात्रतर्फ माउण्ट एभरेष्ट बोर्डिङ स्कुललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै सरस्वती मावि र छात्रातर्फ हिमालय माविलाई २–० ले हराउदै पृथ्वी माविले उपाधि चुमेको हो ।
स्वर्गीय खेलाडीहरू अनुपम घलान, आदित्य बलम्पाकी, दिवश वानिया, प्रियान्स् आचार्य, विकल रेग्मी र साइमन योन्जनको स्मृतिमा आयोजित जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगितामा १६ टिमले भाग लिएका थिए । विजेता तथा उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र दिइएको एन्फा खोटाङका उपाध्यक्ष तथा टुर्नामेन्टका संयोजक रोशिष श्रेष्ठले बताएका छन् । विजेता टिम आगामी मङ्सिरमा धरानमा हुने प्रदेशस्तरीय खेलमा सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित