नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २०–वर्षादले बिग्रिएको मध्यपहाडी लोकमार्ग अन्तरगत सेखुवा–झगरपुर–चखेवा सडक श्रमदानबाट मर्मत सुरु गरिएको छ । चाड–बाड नजिकिदै जाँदा सडकमा समस्या झेल्न नपरोस् भनेर जनश्रमदानमार्फत भदौ २० गतेबाट मर्मत सुरु गरिएको हो ।
साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईका अनुसार राष्ट्रिय गौरवको आयोजना अन्तरगत आफ्नो पालिकाक्षेत्रमा पर्ने सेखुवा–झगरपुर–चखेवा खण्डमा सडक अपूरै रहेको र त्यसमा पनि वर्षाद्ले बिग्रिएपछि जनश्रमदानबाट मर्मत गर्न सुरु गरिएको हो । सरकारले चासो नदेखाएपछि मर्मतमा जुटेको राईले सुनाएका छन्
उक्त सडक मर्मतमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा स्थानीय गरी ७० जनाको सहभागितामा करिब एक किलोमिटर सडक मर्मत गरिएको राईले बताएका छन् । उक्त सडक खण्डमा करिब १० किलोमिटर सडक भत्किएको छ । उक्त सडक मर्मतका लागि मध्यपहाडी आयोजनाको एक्साभेटर र साकेला गाउँपालिकाको प्रयोग गरिएको छ । भत्किएको सडक नसकिन्जेल श्रमदानमार्फत मर्मत गरिने राईले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित