नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २०–भरुवा बन्दुक देखाएर रकम मागेको आरोप लागेका नेपाली कांगे्रस खोटाङका सदस्य श्यामकुमार राई जिल्ला प्रहरी कार्यालय खोटाङमा आत्मसमर्पण गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका राईले गत भदौ १६ गते बिहान खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नंम्बरको सुमोलाई बाँस तथा मुढाले सडक अवरुद्घ गरी भरुवा बन्दुक देखाएर रकम असुल्न खोजेपछि प्रहरीको खोजीमा रहेका राईले भदौ २० गते आत्मसमर्पण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टका अनुसार भदौ २० गते प्रहरीमा उपस्थित भएपछि पहिलो चोटीलाई सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान बढाइएको छ । उनी विरुद्ध गत भदौ १८ गते डाका उद्योगसम्बन्धी शीर्षकमा मुद्दा दर्ता गरिएको विष्टले सुनाएका छन् । ‘आज प्रहरी कार्यालयमा हाजिर हुनु भयो, त्यसपछि सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ’–विष्टले भने ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित