नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ८–आइएलओ महासन्धि १६९ लगायत नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कानुन निर्माण र कार्यान्वयनको माग गर्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ खोटाङले नगरप्रमुख तीर्थराज भट्टराईलाई भदौ ८ गते ध्यानाकर्षणपत्र बुझाएको हो ।
महासंघका अध्यक्ष फूर्वा शेर्पाद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा आदिवासी समुदायको अधिकार, भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गर्दै आत्म निर्णयको अधिकार, स्वशासनको अधिकार, प्राकृतिक श्रोत साधनहरूमाथिको अधिकार, पहिचानका अधिकार, भूमिमाथिको अधिकार र स्वतन्त्र पूर्व जानकारी सहितको सहमतिको अधिकार लगायत अन्य सबै अधिकारहरूको संरक्षण तथा सम्बद्र्धनका लागि नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा आधारित रही विशिष्ट कानुन बनाउन र त्यस अनुसार कार्यान्वयन अगाडि बढाउन, निर्देशिका एबम् कार्यविधि निर्माण गर्न पहल गर्नु पर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित