भारत र चीन ब्यापार संझौता विरुद्ध खोटाङमा प्रदर्शन

  • प्रकाशित मितिः भदौ ८, २०८२
  • 471 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ८–अनेरास्ववियु र राष्ट्रिय युवा संघ खोटाङले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र उपयोग गर्ने गरी चीन र भारतबीच भएको व्यापार सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेको छ । भदौ ८ गते साँझ पुष्पलाल स्मृति भवनबाट सुरु भएको राँके जुलस भवन गैह«ा, हुलाकडाडाँ हुदै त्रिवेणीचौक पुगेर कोणसभामा परिणत भएको हो ।
कोणसभामा बोल्दै अनेरास्ववियु केन्द्रीय सदस्य तथा खोटाङ र सोलुखुम्बुका इन्चार्ज विष्णु उपरकोटीले नेपालको भूमि अतिक्रमण गरेर भारत र चीनले ब्यापार संझौता गरेपछि उत्पन्न समस्या समाधान गरिनु पर्ने धारणा राखेका छन् । नेकपा एमाले खोटाङका सदस्य तथा राष्ट्रिय युवा संघ खोटाङका फ्याक्सन इन्चार्ज रसकुमार राईले भारत र चीनको व्यापार संझौताले नेपालको स्वाधीनतामाथि धावा बोलेको उल्लेख गर्दै यसका विरुद्ध उभिनु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित