नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १–तीन दिनअघि झुण्डिएको अवस्थामा मृत फेला परेकी बालिकाको हत्या भएको आशंकामा छानविनको माग गर्दै भदौ १ गते आफन्तले प्रहरीमा जाहेरी दिएका छन् । साउन २९ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १२ वर्षीया तारा अछामीको बलात्कारपछि हत्या गरिएको आशंका गर्दै छानविन गर्नु पर्ने माग राख्दै आफन्तले प्रहरीमा जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार मृतकका बुवा टेकबहादुर सार्कीले जाहेरी दिएपछि भदौ १ गते पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमपछि अत्यष्टिका लागि बालिकाको शव अर्खौले लगिएको छ । आफन्तले जाहेरी नदिदा पोष्टमार्टम गर्न ढिलाई भएको डिएसपी विष्टले बताएका छन् । विष्टका अनुसार ज्यान सम्वन्धी कसुरमा जाहेरी परेको हो । तर उक्त जाहेरीमा कसैको विरुद्ध नाम उल्लेख गरिएको छैन ।
तारा बाम्राङस्थित सावित्रा माविमा कक्षा ४ मा अध्ययनरत थिइन् । उनी एक महिनादेखि हिङ्माङ्को घरमा बस्दै आएकी थिइन् । उनकी आमा सरिता सार्की एक भाइ छोरा सहित हिङ्माङ्को घर मुनि डेरा लिएर बस्दै आएकी थिइन् । आफ्नै घरमा घटना घटेकाले तथ्यसत्य छानविन गरी घटनामा कोही दोषी ठहरिए कारबाही हुनुपर्ने राम हिङ्माङले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित