नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २८–औषधी सेवन गरी गर्भपतन गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तीन जना र दिक्तेलमा मेडिकल व्यवसाय सञ्चालन गर्ने एक जना पक्राउ परेका हुन् ।
१७ हप्ताको गर्भपतन गर्ने २१ वर्षीया महिला, उसलाई सहयोग गर्ने २३ वर्षीय पुरुष र अर्की सहयोगी ३५ वर्षीया महिलालाई २३ गते र एक जना मेडिकल व्यवसायीलाई साउन २८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् । अनुसन्धानका क्रममा भएकाले पक्राउ पर्नेहरूको नाम गोप्य राखिएको मिश्रले सुनाएका छन् । स्थानीयबाट आएको जानकारीका आधारमा र घट्नास्थलमा गर्भपतन गराएको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई गर्भ संरक्षण विरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान बढाइएको मिश्रले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित