दिक्तेलमा लाखे जात्राको रौनक (भिडिओ सहित)

  • प्रकाशित मितिः साउन २५, २०८२
  • 488 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २४–दिक्तेलमा नेवार समुदायको लाखे जात्रा सुरु भएको छ । साउन २४ गते दिक्तेलको कर्म मन्दीरबाट लाखे जात्रा सुरु गरिएको हो ।
गठ्यमङ्गलको दिनदेखि सुरु हुने लाखे दिक्तेलमा भने छोट्ट्याएर जनै पूर्णिमाको दिनदेखि सुरु गरिएको हो । लाखेजात्रा कृष्णाष्टमीको भोलिपल्ट रथ परिक्रमा गरी विसर्जन गर्ने चलन छ । लाखे सुरु भएको दोश्रो दिन वर्षभरि दिवंगत भएकाहरूको सम्झनामा दिवंगतको सापारु बनाएर दिवंगतप्रति श्रद्धासुमन व्यक्त गर्दै गाइजात्रा सापारु मनाउने गरिन्छ । त्यस दिन विहानैदेखि दिवंगतको नाममा रामायण गाउदै बजार परिक्रमा गरी बेलुकी सापारु सेलाउने चलन छ । लाखेको तेश्रो दिन रोपाइँ जात्रा गर्ने चलन रहेको दिक्तेल बजार सामाजिक गुठीका कोषाध्यक्ष इन्द्र कसजूले बताएका छन् ।
जिल्लाको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, हलेसी तुवाचुङ नगरपालिकाको अर्खौले, सल्ले, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, सोल्मा, जालपा, खार्मी, बुइपा, दोबेला, खाल्ले, दिक्तेल, खोटेहाङ गाउँपालिकाको खोटाङ बजार, सिम्पानी, बर्रे लगायतका ठाउँहरूमा लाखेजात्रा गरिन्छ । लाखेजात्राको अवसरमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकाले साउन २५ गते एक दिन सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित