नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २३–किराती समुदायको उद्गमस्थल ‘तुवाचुङ–जायजुम’मा वृक्षरोपण गरिएको छ । परिवर्तन संघ खोटाङको आयोजनामा डिभिजन वन कार्यालय खोटाङ र स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको विभिन्न प्रजातिका फलफूलका एक हजार एक सय ८० बोट विरुवा साउन २३ गते रोपिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार चिउरी, रिट्ठा, गुरास, बैस, कल्की लगायतका विभिन्न प्रकारका विरुवा रोपिएको छ । किराती समुदायको ऐतिहासिक तथा उद्गमथलोको रूपमा रहेको तुवाचुङ जायजुमको पहिरो नियन्त्रण र सौन्दर्यकरणका लागि विरुवा रोपिएको गिरीले बताएका छन् ।
उक्त नगरपालिकाको वडा नं ७ मा पर्ने उक्त ठाउँको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको लगानीमा सात सय ३० मिटर लामो पर्खाल निर्माण गरिएको छ । उक्त पर्खाल, तुवाचुङ पार्किङ र मन्जुश्री पदमार्ग र माम्खिम लगायतमा बहुवर्षीय योजना अन्तरगत पाँच करोडको लगानीमा उक्त काम भएको गिरीले बताएका छन् । किराती मिथकमा उक्त ठाउँलाई उत्पत्तिको थलोको रूपमा मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित