करदाता सेवा कार्यालय उद्घाटन

  • प्रकाशित मितिः बैशाख २३, २०७६
  • 2026 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, बैशाख २३–जिल्लाको दिक्तेलमा करदाता सेवा कार्यालय उद्घाटन भएको छ । आन्तरिक राजस्व कार्यालय लहानले खोटाङको दिक्तेलमा करदाता सेवा कार्यालय सोमबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन् ।
यसअघि आन्तरिक राजस्व विभाग अन्तरगत सिरहाको लाहानमा राजस्व बुझाउ“न धाउ“नु पर्ने वाध्यता थियो । जिल्लाका कम्पनी सञ्चालक तथा व्यवसायी लगायतले जिल्लामै सेवा पाएपछि हर्षित बनेका छन् । जनताको सुविधाका लागि खोटाङमा करदाता सेवा कार्यालय स्थापना गरिएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए । 
लहानबाट हुने सबै खाले कारोबारको शुल्क बुझाउ“न दिक्तेलमै व्यवस्था भएको दिक्तेलस्थित करदाता सेवा कार्यालयका प्रमुख गोपाल राईले बताए । कार्यालयबाट स्थायी लेखा नम्बर, मुल्य अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत तथा नवीकरण, कर चुक्ता प्रमाणपत्र लगायतको सेवा प्रदान गरिने कर अधिकृत राईको बताए । यसबाहेक बक्यौता असुली, भौचर संसोधन, फाइल स्थानान्तरण लगायतका कार्य सम्पादन गरिने राईले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित