नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, साउन १५–राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयले नगरप्रमुख भट्टराईको जीवन रक्षाका लागि सरकारसमक्ष आग्रह गरेको छ । आयोगले साउन १५ गते प्रेस विज्ञप्ती जारी गरी वार्ताको माध्यमबाट समस्याको समाधान गरी उनको जीवन रक्षा गर्न आयोग सरकारसंग आग्रह गरेको हो ।
आगोगका प्रवक्ता डा. टिकाराम पोखरेलद्वारा हस्तारित विज्ञप्तीमा भनिएको छ–‘जैविक विविधता र रैगाने संस्कृतिको संरक्षणका लागि आवश्यक नीति निर्माणका लागि पहल कदमी गर्न, बाँसको प्रबद्र्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्न, गिटी, क्रसर उद्योगहरू मापदण्ड अनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को काम गर्न नदिन, बाँदर तथा अन्य जंगली जनावर नियन्त्रणका लागि नीति बनाउन भन्ने लगायतका मागहरू राखी अनसन बसेको र उनको स्वास्थ्य गम्भिर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण भएको छ । आयोगले उक्त अनसनस्थल माइतीघर तथा वीर अस्पताल पुगी अनुगमन गरेको छ । अनुगमनका क्रममा आयोगले अनसनरत भट्टराई, स्वास्थ्यमन्त्री प्रदीप पौडेल साथै वीर अस्प्तालका चिकित्सक र प्रशासकहरूसंग समेत जानकारी लिएको छ । भट्टराईले माइतीघर मण्डलामा अनसन बस्ने योजना बनाई सिंहदरबार हुदै अगाडि बढ्दै गर्दा प्रहरीले नियन्त्रणमा लिई माइतीघर मण्डलामा ल्याएको स्थानीय प्रशासनले अनसनका लागि रत्नपार्कस्थित शान्ति बाटिकामा जान भनिए पनि माइतीघरमै अनसनमा बसेको, अनसनरत व्यक्तिको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि साउन १४ गते राती वीर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको अनुगमनको क्रममा पाइएको छ । अस्पतालका अनुसार अनसनरतको स्वास्थ्य अवस्था गम्भिर (ब्लडप्रेसर, सुगर र मुटुको धडकन कम) भएका थप उपचारका लागि भर्ना भई थप उपचार गर्न अस्वीकार गरेको बुझिएकाले उनको स्वास्थ्य उपचारमा ध्यान दिदै वार्ताको माध्यमबाट समस्याको समाधान गरी उनको जीवन रक्षा गर्न आयोग सरकारसंग आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित