नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १५–केपिलासगढी गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । उक्त गाउँपालिका–३ बास्पानीकी ६२ वर्षीया कौशिला राईको स्थानीय बप्लेभिरबाट लडेर मृत्यु भएको हो ।
साउन १४ गते बाक्सिलास्थित बुधबारे हटिया गएर नफर्किएपछि खोजतलासको क्रममा राती करिब एक बजेतिर उक्त भिरबाट करिब सय मिटर तल लडेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् । कानुनी प्रक्रियाका लागि ऐसेलुखर्कबाट घटनास्थलतर्फ प्रहरी खटिएको र पुगेपछि विस्तृत जानकारी आउने मिश्रले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित