अस्पतालका विरामीलाई फलफूल वितरण

  • प्रकाशित मितिः साउन १५, २०८२
  • 417 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन १४–३४ औं सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल दिक्तेलमा उपचाररत विरामीलाई फलफूल वितरण गरिएको छ । साउन १४ गते विहान अस्पतालमा उपचाररत १२ जना बिरामीलाई फलफूल वितरण गरिएको हो ।
मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को संयुक्त आयोजनामा फलफूल वितरण गरिएको हो ।
मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यका अनुसार साउन १३ गते दिक्तेल बहुमुखी क्याम्पसमा १५ हजार रूपैया“ बराबरको फलफूलको विरुवा रोपिएको छ । त्यस्तै साउन १४ गते मनोज मार्ग सरसफाइ गरिएको छ । साउन १५ गते श्रद्धान्जली सभा कार्यक्रम गरिने आचार्यले सुनाएका छन् । आचार्यका अनुसार उक्त श्रद्धान्जली सभामा मनोज प्रतिभा पुरस्कार वितरण गरिने छ । कर्मचारी आन्दोलनका क्रममा शहीद मनोज र झपेन्द्रले साहदत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित